भिजिट भिसामा मानव तस्करी : २२ जनाविरुद्ध लिखत किर्ते तथा संगठित अपराध कसुरमा मुद्दा चलाइँदै

फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न हुनेविरुद्ध बिहीबार अदालतमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार घटनामा संलग्नमध्ये २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको हो ।

जसमध्ये १२ जना सरकारी कर्मचारी छन् । १० जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत र दुईजना नेपाल वायुसेवा निगमका अधिकृत र सुब्बा हुन् । उनीहरूविरुद्ध लिखत किर्ते र संगठित अपराधअन्तर्गतको कसुर लगाइएको छ । 

सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न २२ प्रतिवादीविरुद्धको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस हुने जानकारी दिए ।

प्रकाशित मिति: : 2024-02-02 09:21:00

प्रतिकृया दिनुहोस्