सिंगापुर प्रहरीद्वारा घोटालाको आरोपमा ३६७ जनालाई पक्राउ

सिङ्गापुर प्रहरीले जनवरी १९ देखि फेब्रुअरी १ सम्मको कारबाहीमा ३६७  जना व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीको विज्ञप्तिमा भनिएको छ– ती संदिग्ध व्यक्तिहरू लगानी, ई–वाणिज्य, ऋण, इन्टरनेट प्रेम र सरकारी अधिकारीको नक्कल लगायत विभिन्न जालसाज गरी १ हजारभन्दा भन्दा बढी घोटाला मामिलामा संलग्न रहेका थिए।

संदिग्धहरू ठगी, सम्पत्ति शुद्धीकरण वा इजाजतपत्र बिना भुक्तानी सेवाहरू प्रदान गर्ने अनुसन्धानमा थिए।

ती घटनाहरूमा पीडितहरूले १ करोड सिंगापुर डलर (७.४५ मिलियन अमेरिकी डलर) गुमाएको प्रहरीको प्रारम्भिक अनुसन्धालले देखाएको छ ।

प्रकाशित मिति: : 2024-02-04 06:22:00

प्रतिकृया दिनुहोस्