दुर्गममा जलन, काठमाडौंमा अस्पताल

दूरदराजदेखि राजधानी काठमाडौंका अस्पताल पुग्दासम्म बढ्ने जटिलताले ज्यान गुमाउँछन् जलनपीडित, जटिल बिरामी पुर्‍याइने कीर्तिपुर अस्पतालमा १३ देखि २० प्रतिशतसम्म छ मृत्युदर

  •  गत वर्ष ७६ हजार मानिस जलनबाट प्रभावित, १५ सय हाराहारी मात्रै पुगे अस्पताल
  •  उपचार खर्च धान्नै गाह्रो

आगोले जलेकी ६५ वर्षीया एक महिला (नाम खुलाउन नचाहेको)को ११ माघमा कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। कपिलवस्तुमा जलेकी उनलाई अस्पताल पुर्‍याउन ढिलाइ हुँदा मृत्यु भएको थियो। उनलाई जलेको तीन दिनमा मात्रै काठमाडौं पुर्‍याइएको थियो। 

प्रकाशित मिति: : 2024-02-05 09:57:00

प्रतिकृया दिनुहोस्