नरेश खातीकाे ‘फुर्के रिबन’ सार्वजनिक (भिडियाे)

गायक तथा सर्जक नरेश खाती (क्षेत्री)काे नयाँ गीत ‘फुर्के रिबन’ सार्वजनिक भएकाे छ। गीत ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।

शब्द/संगीत नरेश आफैँले गरेकाे गीतमा नरेश र मेलिना राईकाे स्वर रहेकाे छ।

त्यस्तै प्रेम जाेडीकाे कथा प्रस्तुत गरिएकाे गीतकाे भिडियाेमा मेक्सम खाती र दीपा शाहीकाे अभिनय तथा नृत्य रहेकाे छ।

भने, भिडियाे निर्देशन माैसम हिमालीले गरेका छन्।

भिडियाे : 

प्रकाशित मिति: : 2024-02-14 19:31:00

प्रतिकृया दिनुहोस्