त्रिशुली बस दुर्घटना अपडेट: एक महिलासहित पाँच जनाकाे मृत्यु, ३७ जनाकाे जिवितै उद्दार

त्रिशुलीमा खसेर भएकाे बस दुर्घटनामा पाँच जनाकाे मृत्यु भएकाे छ।

आज बिहान ४:४० बजेकाे समयमा धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा कपिलबस्तुबाट काठमाडाैँ तर्फ आउँदै गरेकाे लु २ ख २१२१ नम्बरकाे बस दुर्घटना भएकाे थियाे।

दुर्घटनामा परेर एक महिलासहित पाँच जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले बिएल नेपाली सेवालाई जानकारी दिए।

मृतककाे सनाखत भएकाे छैन।

उनकाअनुसार ३७ जनाकाे जिवितै उद्दार गरिएकाे छ। उनीहरुकाे धादिङ अस्पतालमा उपचार भइरहेकाे छ।

सिद्धार्थ यातायात प्रा.लि.काे उक्त बस तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेकाे खुलेकाे डिएसपी जैसवालले बताए।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन्। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन्।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका– ९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2024-03-06 07:18:00

प्रतिकृया दिनुहोस्