काठमाडाैँकाे टाेखा र तारकेश्वर नगरपालिका जाेड्ने पुलकाे शिलान्यास गरिएकाे छ।
विष्णुमतीमा बन्ने पुलले टोखा नगरपालिका–९ र तारकेश्वर नगरपालिका– ११ लाई जोड्ने छ।
पुलकाे बिहीबार बिहान टोखाका नगर प्रमुख प्रकाश अधिकारी र तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जनले शिलान्यास गरेका हुन्।
पुल भ्याटबाहेक २ करोड ६८ लाख ३५ हजार ५ सय ५९ रुपैयाँ बैसठ्ठी पैसामा निर्माण हुने छ।
पुल निर्माणका लागि टोखा र तारकेश्वर नगरपालिकाले ५०–५० प्रतिशतका दरले बजेट लगानी गरेका छन् ।