रास्वपाले इलाम- २ काे उपनिर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ मा हुने इलाम-२ को उपनिर्वाचनमा एकल उम्मेदवारी दिने भएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले इलाम-२ मा एकल प्रतिस्पर्धा गर्ने, गठबन्धन नगर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

‘रास्वपाले सरकारमा गठबन्धन गरेको हाे, चुनावमा होइन। इलाम -२ मा रास्वपा एक्लै लड्छ’, प्रवक्ता ढकालले भने।

उनले आजको बैठकमा उम्मेदवारको विषयमा छलफल नभएको र उम्मेदवारको टुंगो अर्को बैठकबाट लगाउने बताए।

प्रवक्ता ढकालका अनुसार रास्वपाले इलाम-२ को उपनिर्वाचनमा सकेसम्म त्यहीँका स्थानीयलाई उम्मेदवार बनाउने छ।

प्रकाशित मिति: : 2024-03-11 15:56:00

प्रतिकृया दिनुहोस्