जुमको २२ औं वार्षिकाेत्सव भव्य रुपमा सम्पन्न (भिडियाेसहित)

सुनिता लामा

काठमाडाैं

सौन्दर्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जुम ब्यूटी एकेडेमीले आफ्नो स्थापना कालको बाइसौं वर्षगाँठ भव्य र उत्साहित रुपले सम्पन्न गरेको छ।

बाह्रै शाखाका सयौं कर्मचारी, दर्जनौं प्रशिक्षार्थी, शुभ चिन्तक, विभिन्न प्रोडक्ट कम्पनीका व्यक्तितत्वलगायत सयौं विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा बबरमहलकाे कार्की ब्याङकेटमा साेमबार सम्पन्न समारोहमा जुमकी ब्राण्ड एम्बेसडर केकी अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।

जुम ब्युटी एकेडमीका सञ्चालक/निर्देशक कृशप त्वनाबासु र सिईओ जुनु चक्रधरले पानसमा बत्ती बालेर सुरु भएको वार्षिकाेत्सव समारोहमा बाह्रै वटा शाखाका उत्कृष्ट कर्मचारीहरूलाई विभिन्न शिर्षकहरूमा ब्याच वितरण गरिएकाे थियाे।

 

एक महिनाअघि पहिलो पटक एकेडमीले विभिन्न पाँच शिर्षकमा लिएको अन्तर शाखा परीक्षामा पहिलो, दोस्राे र तेस्राे स्थान ल्याउन सफल विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार पनि वितरण गरिएको थियो।

अन्तर शाखा मेकअपमा पहिलो, दोस्रो र तेस्रो स्थान ल्याउन सफल सरिता कुमारी श्रेष्ठ, सजिना कार्की, अनुशा राई, आई ल्यासेसका बिजेताहरू सहाना दाहाल, सरस्वती तामाङ्ग, सोनी गुरुङ्ग, हेयर जुरोका बिजेताहरू सानु मगर, आशा साउद, सबिना सयजु, नेल एक्स्टेन्सनका बिजेताहरु ईन्द्रावति लिम्बू, पुष्पा तामाङ्ग, बिनिता सुनुवार, मेहेन्दीका बिजेताहरू लोकेश कुमारी यादब, सन्ध्या भट्टराई, सबिना सयजुलगायतलाई विभिन्न आकर्षक उपहार, प्रमाणपत्र र प्रथम, द्वितीय र तृतीयलाई नगद रु ३०००,५०००,१०००० पुरस्कार प्रदान गरिएको थियो। 

नेपालको सौन्दर्य क्षेत्रमा जुम ब्यूटी एकेडमीले जुन योगदान दिदैं आइरहेको छ त्यसले सौन्दर्य क्षेत्रलाई अझ परिमार्जित, परिष्कृत र महिला सशक्तिकरणकाे एउटा अभियान नै चलाइरहेको छ।

यस्तो सराहनीय कार्यको मुल्यांकन राज्यले पनि गर्नुपर्ने कुरा कार्यक्रमका प्रमुख अतिर्थी केकी अधिकारीले बताइन्।

आफूले एउटा सानो पार्लरबाट सुरु गरेको व्यवसाय आज हजारौँ महिलाहरूको स्वरोजगारको एउटा प्रमुख गन्तव्य बन्दै गर्दा र बाईस वर्षको यात्रामा बाह्रै वटा शाखा विस्तार गरि सयौँ नारीहरूलाई प्रत्यक्ष रोजगार दिन पाउँदा आफूलाई अत्यन्तै गौरवान्वित भएको बताउँछिन् एकेडेमीका सिइओ जुनु चक्रधर।

आगामी दिनमा नेपालमा एक अर्न्तराष्ट्रिय स्तरको ब्यूटी कलेजको स्थापना गरि हजारौँ नारीहरूलाई आर्थिक, सामाजिक र व्यवसायीक रुपले सशक्त बनाउँदै लैजाने योजना जुम ब्युटी एकेडेमीको रहेको खुलासा निर्देशक कृशप त्वनाबाशुले गरेका थिए।

हेर्नुहाेस् तस्बिरहरू–

प्रकाशित मिति: : 2024-03-19 16:20:00

प्रतिकृया दिनुहोस्