हाेलीमा इच्छाविपरीत रङ्ग लगाइदिने र लाेला हान्ने गरेमा कारबाही गर्ने काठमाडाैँ प्रहरी प्रमुखकाे चेतावनी (भिडियाे)

शनि शाक्य

काठमाडाैं

काठमाडौँ प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले होलीमा जबर्जस्ती लाेला हान्ने तथा इच्छाविपरीत रङ्ग लगाइदिने कारबाही गर्ने चेतावी दिएका छन्।

बिहीबार बिएल नेपाली सेवासँग कुराकानी गर्दै एसएसपी खत्री हाेलीकाे बहानामा विकृत कार्य गर्नेलाइ कारबाही गर्ने चेतावनी दिएका हुन्।

‘होलीलाई उत्सवका रुपमा मनाउने हो। तर, होलीलाई विकृतिका रुपमा लिएमा त्याे मान्य हुँदैन’, एसएसपी खत्रीले भने। हाेलीमा हुन सक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि ठुलाे परिणाममा प्रहरी परिचालन गरिएकाे उनले बताए।

उनले हाेली मनाउँदा ट्राफिक नियमविपरीतका कार्य तथा लागुऔषध सेवन नगर्नसमेत अनुराेध गरे।

भिडियाे :

प्रकाशित मिति: : 2024-03-21 20:10:00

प्रतिकृया दिनुहोस्