गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीचको वैवाहिक सम्बन्ध विच्छेद भएकाे छ।
चैत ७ गते काभ्रे जिल्ला अदालतबाट उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन्।
दुवैले सम्बन्ध विच्छेदको संयुक्त रुपमा निवेदन दिएपछि न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो।
सहमतिमै सम्बन्ध विच्छेद भएको र ऋचाले अंश दाबी नगरेको बताइएको छ।
नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप रहेका निशानले २०७७ सालमा ऋचासँग कानूनी विवाह गरेका थिए।