सुनकाे मूल्यमा आज पनि वृद्धि, नयाँ रेकर्ड कायम

फाइल तस्विर
फाइल तस्विर

नेपाली बजारमा सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम राख्न सफल भएको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ८५ रुपैयाँ कायम रहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

प्रकाशित मिति: : 2024-04-09 11:46:00

प्रतिकृया दिनुहोस्