नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सयमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने आज घटेको छ।
तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।