राजसंस्था आए सबै नेपालीलाई ५० हजार तलब दिन गाह्राे छैन- राप्रपा नेता कट्टवाल (भिडियाे)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार (चैत २७ गते) काठमाडौँमा शक्ति प्रदर्शन गर्‍यो। शक्ति प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १८ जनाभन्दा बढी घाइते भए। केहीको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको राप्रपाले जनाएकाे छ।

पुस ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग राखेको राप्रपाले माग सम्बोधन नभएको भन्दै प्रदर्शन गरेको हो। मागमा राजसंस्था पुन:स्थापना, हिन्दुराष्ट्र घोषणा, संघीयता खोरजीलगायत छन्।

मंगलबार प्रदर्शन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त दिनको आन्दोलन आगोको झिल्कोमात्र भएको र अझै ठुलो आन्दोलन हुन बाँकी रहेको बताएका थिए। त्यो आन्दोलन कहिले हुन्छ भन्ने उनले खुलाएनन्।

आज हामीले राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कट्टवाललाई अर्को आन्दोलन कहिले? दरबार छाडेर गएका पूर्वराजा ज्ञानेन्द्र शाह कहिले फर्किन्छन्?लगायत विषयमा प्रश्न गरेका छौँ।

प्रस्तुत छ, अध्यक्ष कट्टवालसँग बिएलकर्मी टोपेन्द्र रोका मगरले गरेको भिडियो कुराकानी :

भिडियो–

प्रकाशित मिति: : 2024-04-10 20:00:00

प्रतिकृया दिनुहोस्