के प्रेममा छन् इब्राहिम खान र पलक तिवारी?

बलिउडका अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान र अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारी एकअर्काेलाई डेट गरिरहेका छन्। 

यतिबेला उनीहरूकाे डेटिङकाे खबरले चर्चा पाइरहेकाे छ। उनीहरू प्रायः सँगै देखिन्छन्। उनीहरूकाे जाेडीलाई दर्शकहरूले पनि रूचाइरहेका छन्।

तीन वर्षदेखिकाे डेट?

वास्तवमा, एक नजिकको स्रोतले पलक र इब्राहिमको सम्बन्ध सत्य भएको बताएको छ। बलिउड लाइफको नजिकको स्रोतले पलक र इब्राहिम तीन वर्षदेखि एकअर्कालाई डेट गरिरहेकाे बताएकाे हाे। उनीहरू गहिराे प्रेममा रहेकाे बताइएकाे छ।

नजिकका एक साथीले भने, ‘पलक र इब्राहिम सबैभन्दा हट जोडीमध्ये एक हुन्। दुवै ३ वर्षदेखि एकअर्कासँग छन्। पलक इब्राहिमको परिवार पनि निकै नजिक छ। तर पलक र इब्राहिम आफ्नो अफेयरका कारण चर्चामा आउन चाहँदैनन्। दुवै अहिले आफ्नो काममा केन्द्रित हुन चाहन्छन्। अहिले दुबै जना एकअर्काको संगतमा रमाइरहेका छन् र एकअर्कालाई थप चिनिरहेका छन्। दुवैको भेट करिब ४ वर्षअघि साझा साथीमार्फत भएको थियो।'

पलक-इब्राहिमको वर्कफ्रन्ट

वर्कफ्रन्टको कुरा गर्ने हो भने पलक तिवारीले बलिउडमा डेब्यू गरेकी छिन्। उनी सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ मा देखिएकी थिइन्। 

यो फिल्ममा पलकलाई निकै मन पराइएको थियो। यसबाहेक उनले हार्डी सन्धुसँग एउटा म्युजिक भिडियो पनि गरेकी छिन् जुन निकै हिट भएको थियो। 

इब्राहिमको कुरा गर्दा उनी पनि छिट्टै बलिउडमा प्रवेश गर्दैछन्। इब्राहिम पिरियड ड्रामा फिल्ममा देखिनेछन्।

प्रकाशित मिति: : 2024-04-14 20:58:00

प्रतिकृया दिनुहोस्