नेपाल र श्रीलंकाबीचको खेल रद्द

Break n Links
Break n Links

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ।

वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट रंगशालामा हुने भनिएको खेल रद्द भएको आइसीसीले जनाएको छ।

निर्धारित समयअनुसार साँझको ७.३० बजे खेल सुरु हुने तालिका रहेको थियो। तर बिहानदेखि परेको वर्षा नरोकिएपछि साँझ ८.३० बजे खेल रद्द भएको आधिकारिक घोषणा गरिएको थियो। 

खेल रद्द पछि नेपाल र श्रीलंकाले १–१ अंक बाडेका छन्।

नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो। 

आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ।

प्रकाशित मिति: : 2024-06-12 05:51:00

प्रतिकृया दिनुहोस्