अमेरिकाविरुद्ध वेस्ट इन्डिज ९ विकेटले विजयी

Photo: Windies Cricket
Photo: Windies Cricket

आइसिसी टी- २० विश्वकपमा सह-आयाेजक अमेरिकाविरुद्ध आयाेजक वेस्ट इन्डिज ९ विकेटले विजयी भएकाे छ।

शनिबार बिहान अमेरिकाले दिएकाे १२९ रनकाे लक्ष्य मात्रै १०.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै वेस्ट इन्डिजले सानदार जित हात पारेकाे हाे।

वेस्ट इन्डिजकाे जितमा शाई हाेपले ८२, निकाेलस पुरनले २७ र जोनसन चार्ल्स १५ रन प्रहार गरे।

अमेरिकाका हरमीत सिंहले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेकाे अमेरिकाले १९.५ ओभरमा १२८ रन बनाउँदा अलआउट भएकाे थियाे।

एन्ड्रिज गौसले २९, नितिश कुमारले २०, मिलिंद कुमारले १९ रन बनाएका थिए।

वेस्ट इन्डिजका राेस्टन चेज र आन्द्रे रशेलले ३-३ तथा अल्जारी जोसेफले २ विकेट लिएका थियाे।

सुपर-एटमा वेस्ट इन्डिजकाे याे पहिलाे जित हाे।

भने, अमेरिकाकाे लगातार दाेस्राे हार हाे।याे हारसँगै अमेरिका विश्वकपबाट बाहिरिएकाे छ।
 

प्रकाशित मिति: : 2024-06-22 09:26:00

प्रतिकृया दिनुहोस्