सामाजिक सञ्जालबाट बिदा भइन् रीमा

नायिका एवं चर्चित होस्ट (उद्घोषक) रीमा विश्वकर्माले सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिएकी छन्।

दुई ठुला रियालिटी शो’को समापनसँगै रीमाले सामाजिक सञ्जालबाट ‘ब्रेक’ लिएको बताएकी छन्।

‘केही महिनाको निरन्तरको भागदौडले धेरै सिकाएको छ अनि थोरै थकाएको पनि’, उनले फेसबुकमा लेखेकी छन्, ‘केही समयका लागि सामाजिक सञ्जालबाट ब्रेक लिँदैछु। चाडै भेटौँला, आफ्नो राम्रो ख्याल राख्नुहोला है।’

रीमाले एकैचोटी नेपाल आइडल र कमेडी च्याम्पियनको होस्ट गरेकी थिइन्।

प्रकाशित मिति: : 2024-06-30 15:06:00

प्रतिकृया दिनुहोस्