आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्। ओली निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर थापाको आज विहान निधन भएको थियो।

उनलाई सुतिरहेको ठाउँमा आज विहान ५ बजे उनलाई बेहोस अवस्थामा फेला पारिएको र लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको थियो।

मृत्युको कारण हृदय घातका हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको छ। ओलीले मृतक थापा हिजो साँझ घर गएको बताएका छन्। उनले मृतक थापाको परिवारमा समवेदना व्यक्त गरेका छन्।

 ओलीले भनेका छन्–

 धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार। सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ। हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो। परिवारजनमा समवेदना व्यक्त गर्दछु।

प्रकाशित मिति: : 2024-07-06 20:17:00

प्रतिकृया दिनुहोस्