माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० काे परीक्षा तालिका सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले मंगलबार तालिका सार्वजनिक गर्दै परीक्षा चैत ७ गतेदेखि हुने जानकारी दिएकाे हाे।
बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ। पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ(अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी), मदरसातर्फ (अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी), अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ)को परीक्षा हुनेछ।
चैत ८ गते अनिवार्य नेपाली, १० गते अनिवार्य गणितको परीक्षा हुने छ। त्यस्तै १२ गते विज्ञान, १३ गते सामाजिक अध्ययन, १४ गते ऐच्छिक प्रथम पत्र र १५ गते ऐच्छिक दोस्रो पत्रकाे परीक्षा हुने छ। त्यसपछि १९ गतेसम्म प्राविधिक धारतर्फका बाँकी विषयका परीक्षा हुने छन्।