कारकाे ठक्करले भाँचियाे बिजुलीकाे पाेल, तीन जना गम्भीर

Break n Links
Break n Links

ललितपुरको हात्तीवनमा कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

ललितपुर महानगरपालिका-२८  स्थित सातदोबाटो-हात्तीवन सडकको ओरालोमा अनियन्त्रित भएको गाडी सडकछेउको बिजुलीको पोलमा ठोक्किँदा विशाल विक, अमरध्वज पौडेल र मुसेस लामिछाने गम्भीर घाइते भएका हुन्। 

गएराति ११ बजेतिर बा १५ च ७७६५२ नम्बरको गाडी अनियन्त्रित भएपछि बिजुलीको पोलमा ठोक्किएको थियो। कार ठोक्किएर बिजुलीको पोल नै भाँचिएको छ। भाँचिएपछि सडकको बीच भागमा अडिएको छ। 

त्यसैगरी चालक रूपक सापकोटाको भने सामान्य घाइते भएका छन्। उनले मापसे गरेकाे भेटिएकाे प्रहरीले जनाएकाे छ।

अहिले घाइते सबैजनाकाे उपचार भइरहेकाे छ।  

प्रकाशित मिति: : 2025-05-05 10:47:00

प्रतिकृया दिनुहोस्