परराष्ट्रमन्त्री आरजू स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान

Break n Links
Break n Links

परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन्।

देउवानिकट स्राेतका अनुसार उनी शनिबार दिउँसो साँढे १ बजे थाइ एअरवेजबाट बैंकक उडेकी हुन्।

स्राेतका अनुसार अनुसार बैंकक बसाइँका क्रममा उनले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको छ।

यो भ्रमणले उनको व्यक्तिगत स्वास्थ्य उपचारसँगै दुईपक्षीय सम्बन्धलाई अझै सुदृढ बनाउने अपेक्षा गरिएको स्रोतले बतायो।

प्रकाशित मिति: : 2025-01-18 19:32:00

प्रतिकृया दिनुहोस्