नेपाल बुलेट हाउसले काठमाडौं-स्याङ्जा बुलेट राइडिङ (यात्रा) सम्पन्न गरेको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित फागुन १ बाट सुरु गरिएको राइडिङ तीन दिनमा सम्पन्न भएको हो।
नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीका अनुसार यात्रा बिहीबार बिहान तीनकुनेबाट सुरु भएको थियो। यात्राका क्रममा टोली काठमाडौंबाट पोखरा हुँदै कास्कीको ल्वाङ गाउँसम्म तथा पुनः पोखरा फर्किएर स्याङ्जाको सिरुबारी पुगेर आइतबार काठमाडौं फर्किएको थियो।
राइडिङमा साहरा ग्रुप बेलायतका प्रतिनिधिहरू पनि सहभागी थिए। टोलीलाई ल्वाङ गाउँ र सिरुबारीमा मौलिक कला संस्कृतिको माध्यमबाट स्वागत गरिएको थियो।
यात्राको क्रममा ल्वाङ गाउँ र स्याङ्जाको सिरुबारीलगायत विभिन्न स्थानहरूका पर्यटकीय तथा मौलिक कुराहरूलाई प्रचारप्रसारमा जोड दिइएको कार्कीले बताए। यो यात्राले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ।
नेपाल बुलेट हाउसले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लामो समयदेखि देशका विभन्न पर्यटकीयस्थलहरूमा राइडिङ गर्दै आएको छ। त्यसैको निरन्तरता स्वरुप यो यात्रा गरिएको हो।