केआईआईटीले भन्यो, ‘पढाईको दबावका कारण प्रिसाले आत्महत्या गरिन्’

नेपाली विद्यार्थी प्रिसा साहले ‘पढाईको दबाव’का कारण आत्महत्या गरेको कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रिएल टेक्नोलोजी (केआईआईटी)ले जनाएको छ। 

प्रिसा बिहीबार साँझ उक्त कलेजको आफ्नै छात्राबासमा मृत फेला परेकी थिइन्। कलेज कर्मचारीहरूले उनलाई झुन्डिएको अवस्थामा देखेको र तत्काल प्रहरीलाई खबर गरेर अस्पताल पुर्‍याइएको केआईआईटीले जनाएको छ। 

उनी बि-टेक पहिलो वर्षको दोस्रो सेमेस्टरको परीक्षाको तयारीमा थिइन्। केआईआईटीले प्रहरीसँगको समन्वयमा अस्पताल पुर्‍याउँदा मृत घोषणा गरिएको पनि जनाएको छ। 

केआईआईटीले यो घडीमा पूरै विश्वविद्यालय पीडित परिवार तथा नेपाली विद्यार्थीको साथमा रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ। 


 

प्रकाशित मिति: : 2025-05-02 17:17:00

प्रतिकृया दिनुहोस्