श्रम मन्त्रालय घुसको अड्डा बन्याे–डीपी अर्याल

रास्वपाका उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय घुसको अड्डा बनेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ताहाचलस्थित कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेको बताएका हुन्। 

 मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर भएको उनको भनाइ थियो।

'अहिले विदेशिन बाध्य युवाहरूसँग घुस सङ्कलन गर्ने अड्डा बनेको बजारमा जानकारी छ। ताहाचल कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनेको हो? सरकारको ध्यानाकर्षण होस्', उनले भनेका थिए। 

प्रकाशित मिति: : 2025-03-07 14:39:00

प्रतिकृया दिनुहोस्