गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइनः शंकर पोखरेल

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको दाबी गरेका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफाल्न आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन। अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो। जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं।’

प्रकाशित मिति: : 2025-03-08 14:22:00

प्रतिकृया दिनुहोस्