राष्ट्रपति भेट्न अचानक शितल निवास पुगे प्रधानमन्त्री ओली

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका छन्।

शनिबार साँझ राष्ट्रपति निवास शीतल निवास पुगेर ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

पछिल्लो समय राजावादीको सक्रियता बढेसँगै राजनीतिक दलहरू उच्चस्तरीय छलफलमा जुटेका छन्। यद्यपि राष्ट्रपतिको कार्यालयले भने प्रधानमन्त्री र राष्ट्रपतिको भेटवार्ता नियमित भेटघाटको श्रृंखला भएको दाबी गरेको छ।

लामो समयदेखि पोखराको भ्रमणमा रहेका पूर्वराजा भोलि काठमाडौं फर्किने तयारीमा छन्। उनको स्वागतका लागि हजारौं समर्थकहरू विमानस्थलमा उतार्ने राप्रपालगायत राजावादीहरूको तयारी छ।

राजावादीको सक्रियता बढिरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: : 2025-03-08 20:20:00

प्रतिकृया दिनुहोस्