प्रमुख तीन दलका शीर्ष नेताहरू आज भेट्दैछन्। त्यसका लागि तराई-मधेस जागरण अभियानमा गएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएका छन्। सत्ता साझेदार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेसका सभापति शेरबहादुर देउवा भने यहीँ छन्।
देशमा राजसंस्था पुनस्थापनाको माग चर्किरहेको र देशब्यापी आन्दोलन चलिरहेका बेला तीन नेताहरू सँगै बस्न थालेको यो पहिलोचोटी हो।
अरु राजनीतिक अजेण्डाहरू तय नभए पनि उनीहरूबीच सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरू टुङ्ग्याउने विषयमा छलफल हुनेछ।
सात महिना अघि नै टिआरसी बिधेयक ऐन बनिसके पनि त्यसले पूर्णता पाउन नसक्दा कार्यान्वयन हुन सकेको छैन।