‘मलाई फेरि निकै ठूलो जालझेलको महसुस भयो, स्वर्ग र नर्क सम्झायो’- प्रचण्ड

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले ‘टीआरसीसँग प्रचण्डले कुलमान साटेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

उनले टीआरसीको विषयमा छलफल गर्न बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको बारेमा कुनै पनि चर्चा नभएको दाबी गरे।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘म निस्कनेबित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरियो। मलाई फेरि एक पटक निकै ठूलो जालझेल भएको महसुस भयो। म सिंहदबारमा गएर टीआरसीबारे टुंग्याएलगत्तै कुलमानबारे निर्णय गर्नुपर्ने बाध्यता त थिएन, त्यसले फेरि मलाई स्वर्ग र नर्क सम्झायो।’

उनले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिए।

उनले भने, ‘हामीले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेका छौं। प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ। उहाँले स्पष्टीकरण दिनुपर्ने हुन्छ। स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ। स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ।’

प्रकाशित मिति: : 2025-03-26 15:03:00

प्रतिकृया दिनुहोस्