१५ गतेको प्रदर्शनमा १ लाख समर्थक उतार्ने समाजवादी मोर्चाको तयारी

Break n Links
Break n Links

चारदलीय समाजवादी मोर्चाले जनताको धेरै ठूलो त्याग र बलिदानबाट स्थापना भएको गणतन्त्रविरुद्धमा गरिएको षड्यन्त्रविरुद्ध चैत्र १५ गतेको आन्दोलन गर्ने निर्णय गरेको छ। 

बुधबार एकीकृत समाजवादी को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ गतेको प्रदर्शनमा १ लाख शुभेच्छुक र समर्थक उतार्ने तयारी गरेको मोर्चाका नेता महेन्द्र राय यादवले बताए।

राजधानीका विभिन्न स्थानबाट निकालिएको जुलुस बिहान ११ बजे शान्तिबाटिकामा भेला हुने र त्यहाँबाट भृकुटी मण्डपमा पुगी आमसभामा परिणत गर्ने मोर्चाको तयारी छ।

त्यस्तै मोर्चाको बैठकले प्रदर्शनको नारासमेत तय गरेको छ। मोर्चाको नारामा कुलमान घिसिङ पनि थपिएका छन्।

प्रकाशित मिति: : 2025-03-26 19:45:00

प्रतिकृया दिनुहोस्