शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले नेपालको राजनीतिमा तरंग ल्याएको छ।
दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक प्रदर्शनका लागि उक्साएको आरोपमा राप्रपाका नेताहरू रविन्द्र मिश्र र सांसद धवलशमशेर राणासहित १०० बढी नेता कार्यकर्ता पक्राउ परेका छन्।
उक्त घटना घटना लोकतन्त्रमाथिकै प्रहार भएको निष्कर्षसहित सभामुख देवराज घिमिरेले उक्त विषय संसदमा छलफल हुनुपर्ने भन्दै सजह बैठक सञ्चालनका लागि प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन्।
यस्तै संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच टेलिफोन वार्तासमेत भएको छ। प्रधानमन्त्री ओलीले आजै साझ सर्वदलीय बैठक बोलाएका छन्।
विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएपछि प्रतिपक्षीले संसदमा अवरोध गरेपछि बैठक चल्न सकेको छैन। प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसदमा अवरोध जारी राख्ने प्रतिपक्षीको अडा कायमै छ।