शिक्षा विधेयक प्रतिवेदन–

सरकारसँग फेरि भड्कियाे शिक्षक महासंघ, सबै सहमति लत्याइएको आरोप

Break n Links
Break n Links

संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन बुझाएसँगै नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ।

आइतबार प्रतिनिधिसभाको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले बुझाएको विद्यालय शिक्षा विधेयकको प्रतिवेदन चित्त नबुझ्दो नभएको महासंघको गुनासो छ।

प्रतिवेदनले शिक्षकका माग सम्बोधन नगरेको भन्दै सरकारसँग भएको सहमतिको विरुद्धमा विधेयक आएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको भनाइ छ।

‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले पेस गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयकभन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भयो। सरूवा झन् शिक्षक मारा भयो। अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन भएन। विभागीय कारबाही जस्ताको तस्तै रहयो। बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन।’


 

प्रकाशित मिति: : 2025-05-19 11:10:00

प्रतिकृया दिनुहोस्