जोर्डनको मन्त्रीपरिषद्मा हेरफेर

फाइल तस्बिर

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले बिहीबार प्रधानमन्त्री ओमर राज्जाज नेतृत्वको मन्त्रीपरिषद्मा हेरफेर गरेका छन् ।

नयाँ मन्त्रीहरुलाई उनले पद तथा गोपनीयताको सपथ ग्रहण पनि गराई सक्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनले अर्थमन्त्रीमा मोहम्मद इस्सीज, सञ्चार मामिलामन्त्रीमा अम्जाद अडायलेह र योजना तथा अन्तर्राष्ट्रिय सहकार्यमन्त्रीमा विसाम अल रबादीलाई नियुक्त गरेका हुन् ।

राज दरबारद्वारा जारी वक्तव्यमा इब्राहिम साहडेहलाई कृषि मन्त्रालयको र सालेह खाराब्शेहलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।

सन् २०१८ मा राज्जाजको नेतृत्वमा सरकार गठन भएपछि अहिले यो चौथो पटक मन्त्री परिषद्मा हेरफेर गरिएको हो ।

तत्कालिन प्रधानमन्त्री हानी मुल्कीले राजिनामा दिएपछि राज्जाजको नेतृत्वमा जोर्डनमा नयाँ सरकार गठन गरिएको थियो ।

प्रकाशित मिति: : 2019-11-07 21:43:08

प्रतिकृया दिनुहोस्