दक्षिण कोरियामा सात मन्त्री फेरबदल

तस्बिरः एजेन्सी

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले सात जना मन्त्री फेरबदल गरेका छन्। उनले शुक्रबार सात जना नयाँ मन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ।

अन्तर–कोरिया सम्बन्धलाई मध्यनजर गरेर उनले आफ्नो ५ वर्षे कार्यकालको मध्यतिर मन्त्रीहरु फेरबदल गरेका हुन्।

सन् २०१७ को मे देखि सुरु भएको आफ्नो कार्यकाल अन्तर्गत अहिले नै सबैभन्दा धेरै फेरबदल भएको हो।

यसअघि उनले गत वर्षको अगस्टमा पाँच जना मन्त्री परिवर्तन गरेका थिए भने नयाँ अर्थमन्त्री गत नोभेम्बरमा नियुक्त भएका थिए।

नियुक्त भएका मन्त्रीहरुले कार्यभार सम्हाल्नुअघि संसदीय सुनुवाई हुनुपर्ने दक्षिण कोरियाको कानुनी व्यवस्था रहेको छ।

प्रकाशित मिति: : 2019-03-08 23:40:43

प्रतिकृया दिनुहोस्