पाकिस्तानको आर्मी चिफको कार्यकाल बढाउन अस्थायी रोक, अन्तिम फैसला भोलि

Agency

पाकिस्तानका आर्मी चिफ जनरल कमर जावेद बाजवाको कार्यकाल बढाउने सरकारको प्रस्तावलाई सर्वोच्च अदालतले रोक लगाएको छ। प्रधानमन्त्री इमरान खानले जनरल बाजवाको कार्यकाल ३ वर्ष बढाउने सिफारिस गरेका थिए।

तर, सर्वोच्चले मंगलबार अस्थायी रूपमा रोक लगायो। अदालतले भनेको छ, ‘आर्मी चिफको कार्यकाल बढाउने संवैधानिक अधिकार पाकिस्तानका राष्ट्रपतिसँग सुरक्षित छ। यो विषयमा राष्ट्रपतिबाट कुनै सूचना आएको छैन।’

बुधबार यसको पुनः सुनुवाई हुने बताइएको छ। बाजवाको कार्यकाल बढाउने सरकारको निर्णयको विरोधमा सर्वोच्चमा रिट दायर भएको थियो। जसलाई प्रधानन्याधीस सईद खोसाले खारेज गरेर जनहित मुद्धाको रूपमा स्विकार गरेका थिए।

प्रकाशित मिति: : 2019-11-26 17:43:13

प्रतिकृया दिनुहोस्