संयुक्त नेपाली महासंघका अध्यक्ष रावल र राजदूत आचार्यबीच भेट

बिएल

संयुक्त नेपाली महासंघ मुम्बईका अध्यक्ष भरत रावलले दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यसँग भेटघाट गरेका छन्।

भेटघाटमा अध्यक्ष रावलले मुम्बईको बालगृहमा अलपत्र अवस्थामा रहेका नेपाली बालकहरु र हिरासतमा रहेका महिलाहरुको बारेका राजदूत आचार्यलाई जानकारी दिएका थिए।

मुम्बईको बालगृहमा अहिले ६ जना नेपाली बालकहरु रहेका छन्। ती मध्ये २ जनाको नेपालमा सम्पर्क भएतापनि परिवारले वास्ता गरेका छैनन्। बालगृहले परिवारको सदस्य वा दूतावासको चिठ्ठी बिना अलपत्र परेका बालकहरुलाई सामाजिक संघ–संस्थाको जिम्मा लगाउन मान्दैनन्। यसअघि महासंघको पहलमा बालगृहमा अलपत्र परेका ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको थियो।

बैदेशिक रोजगारीको शिलशिलामा नक्कली भिजा प्रयोग गर्दा पक्राउ परेका ६ जना नेपाली महिलाहरु मुम्बई हिरासतमा रहेका छन्। हिरासतमा रहेका ती महिलाहरुको समेत उद्धारको पहल गर्न दूतावासलाई महासंघका अध्यक्ष रावलले आग्रह गरे। राजदूत आचार्यले बालगृहका अलपत्र बालकहरु र हिरासतमा रहेका महिलाहरुको उद्धारका लागितत्काल प्रकृया थाल्ने बताए।

महासंघले तीन दशकभन्दा बढी समयदेखि नेपाली संस्कृति, भाषा र समग्र समुदायको उत्थानको लागि सकारात्मक भूमिका खेल्दै आएको छ।

प्रकाशित मिति: : 2019-11-28 16:57:57

प्रतिकृया दिनुहोस्