बिप्लव समूहले भन्यो- युद्व गर्न तयार छौं, देशभरका सुरक्षाकर्मी हाईअलर्टमा

तस्बिरः विप्लव माओवादीको फेसबुकबाट

सरकारले युद्व छेडेको भन्दै सरकारप्रति कठोर भएर लड्ने बिप्लव माओवादीले चेतावनी दिएको छ।

सरकारले विप्लव माओवादीको गतिविधिलाई प्रतिबन्ध लगाएर देशभर नेता कार्यकर्ता पक्राउ गर्न अप्रेशन चलाएसँगै त्यसको प्रतिरोध गर्दै सो समूहले युद्व लड्न तयार रहेको भन्दै यस्तो शन्देश दिएको हो।

बुधबार साँझ बिप्लव समूहले एक विज्ञप्ति जारी गर्दै सरकारले युद्वको स्थिति ल्याएको भन्दै पार्टीले डटेर सामना गर्ने चेतावनी दिएको हो। सरकारको दमनलाई आत्मसाथ गर्दै ज्वालामुखी बनेर संघर्षको मैदानमा उत्रने घोषणा समेत पार्टीले गरेको छ।

बिप्लव माओवादीले जारी गरेको विज्ञप्ति

यसैबिच बिप्लव समूहको कार्यकर्ता पक्राउ गर्न र भोलिको बन्दलाई लक्षित गर्दै प्रहरीले देशैभरको सुरक्षा ब्यवस्था कडा पारेको छ ।

बिप्लव समूहले आव्हान गरेको बन्दलाई लक्षित गर्दै देशैभरको सुरक्षा ब्यवस्था मजबुद पारिएको प्रहरीले जानकारी दिएको छ।

देशभरका प्रहरी कार्यालयलाई हाईअलटमा राखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले बिएललाई जानकारी दिए ।

बिप्लव समूहको बन्दले कुनै असर नपर्ने भन्दै सुरक्षा ब्यवस्थालाई मजबुद पारेको उनले बताए।

बिप्लव समूहका गतिविधि निगरानी गर्दै आएको प्रहरीले अब जहाँ भेट्यो त्यही पक्राउ गर्ने प्रवक्ता सुवेदीले जानकारी लिए।

प्रहरी प्रधान कार्यालयले देशभरीका जिल्ला प्रहरी कार्यालयलाई स्थानीय सुरक्षा अवस्थालाई हेरेर कदम चाल्न समेत निर्देशन दिइसकेको छ।

प्रकाशित मिति: : 2019-03-13 22:05:17

प्रतिकृया दिनुहोस्