आखिर किन प्रचण्डलाई नै 'सेरोटेज' गर्न चाहन्छन् बिप्लव ?

फोटो: गुगल

सरकारले प्रतिबन्ध लगाएको बिप्लव समुहको पहिलो निशानामा नेकपा अध्यक्ष प्रचण्ड रहेको सुरक्षा निकायको विश्लेषण छ।नख्खु बमकाण्डयता पक्राउ परेका बिप्लव समुहका नेता कार्यक्रताको भनाइ र बिप्लवको पुष्टिले प्रचण्ड पहिलो निसानामा रहेको भन्दै त्यहीअनुसार सुुरक्षा व्यवस्था मिलाउनुपर्ने सुरक्षा निकायका खुविया एजेन्सीको रिपोर्ट छ।

त्यसो त प्रचण्ड बिप्लव समुहको पहिलो निसानामा रहेको गएको साउनमा प्रकाण्ड पक्राउ पर्दा नै खुलेको थियो।प्रकाण्डको कोठाबाट प्रहरीले बरामद गरेको डायरीमा उल्लेख भएअनुसार प्रचण्डलाई एक नम्बरमा सेरोटेज गर्ने (हान्ने) भन्ने उल्लेख थियो।पार्टीको हेटौडा बैठकले नेकपा अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेकपा नेताहरुलाई हान्ने भन्ने निणर्य नै गरेको तथ्य प्रहरीले यसअघि नै फेला पारेको थियो। 'बिप्लव समुहको पहिलो निशाना नेकपा अध्यक्ष देखियो', नेपाल प्रहरीको विषेश ब्यूरोका एक अधिकारीले ब्रेकएनलिङ्क्स्सँग कुरा गर्दै भने- 'प्रचण्डलाई बिप्लव समुहले पहिलो निशाना बनाएको देखियो, उनीहरुको भित्री रणनीतिदेखि पक्राउ परेका नेता कार्यकर्ताको भाब बुझ्दा त्यस्तै देखियो।'

बिप्लव समुहको केन्द्रीय कमिटीको बैठक हेटौडामा बस्यो, यो सबै निणर्य उतै भएको देखियो, अहिले त्यही निणर्यको कार्यन्यवनको चरणमा बिप्लव समुह चलेको ती अधिकारीले भने। यसो त पटकपटक बिप्लव आफैले निकालेको विज्ञप्तिमै पनि प्रचण्डलगायतका नेकपा नेतालाई कारवाही गर्ने धम्की उल्लेख हुँदै आएको छ। विषेश ब्युरो स्रोत भन्छ- 'बिप्लव समुहको हिट लिस्टमा प्रचण्ड र बादल छन्, उहाँहरुले अहिले सार्वजानिक कार्यक्रममा जाँदा समेत ध्यान दिनुपर्ने अवस्था छ।'

राष्ट्यि अनुसन्धान बिभागले पनि प्रचण्ड बिप्लव समुहको खतरा सूचीमा रहेको गृहमन्त्रालयलाई रिपोर्ट दिएको छ। स्रोतका अनुसार सो रिपोर्टमा बिप्लव समुहले को कोलाई के कारवाही गर्ने भन्ने बारेमा उल्लेख छ। राज्यका चारवटै सुरक्षा निकायले बिप्लवसम्वन्धी दिएका रिपोर्ट गृहमन्त्रालयमा पुगेको छ, मन्त्रालयका एक अधिकारीले भने, सुरक्षा निकायका रिपोर्टलाई हेर्दा नेताहरु, भष्ट कर्मचारी र बिवादित ब्यापारी र कामचोर ठेकेदारलाई बिप्लव समुहले निसाना बनाएको देखियो।रिपोर्टअनुसार त्यसरी कारवाही गर्ने भनिएका ब्यक्तिहरुको छुट्टाछुट्टै कारणहरु छन्। बिप्वलको सबैभन्दा बढी तारो प्रचण्ड छन्, उनले बिगतमा जनतालाई धोका दिएर सत्ता र शक्तिको लागि घुडा टेकेको भन्ने बिप्लव समुहको आरोप छ ।

'राज्यले प्रतिबन्ध लगाएको बिप्लव समुह र त्यसले गर्ने कार्यहरुप्रति हामी गम्भीर र्छौ', नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने- 'राज्यले दिएको दायित्य पूरा गर्ने हो। भीआईपीहरुको सुरक्षा थ्रेटलाई मध्यनजर गरी सुरक्षा ब्यवस्था मिलाउने हो।'

प्रकाशित मिति: : 2019-03-22 22:35:21

प्रतिकृया दिनुहोस्