डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको राजनीतिक सहयात्रा, समाजवादी पार्टी नेपाल गठन

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले राजनीतिक हात मिलाएर नेपालमा एउटा नयाँ पार्टी गठन गरेका छन्। डा. भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपाल एकीकरण भएर 
समाजवादी पार्टी नेपाल बनेको छ। 

पार्टी एकता घोषणा समारोहमा नयाँ पार्टी समाजवादी फोरम नेपालको जम्बो पदाधिकारीको नाम पनि सार्वजनिक गरिएको छ।

पार्टीमा दुई अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव रहेका छन्। डा. भट्टराई पार्टीका संघीय परिषद्का अध्यक्ष रहेका छन् भने यादव केन्द्रीय कार्यसमिमतिको अध्यक्ष रहेका छन्। 

यसैगरी पार्टीको वरिष्ठ नेतामा अशोककुमार राई रहेका छन् भने राजेन्द्रप्रसाद श्रेष्ठ सहअध्यक्ष रहृेका छन्। 

२५ सदस्यीय केन्द्रीय समितिमा आठ उपाध्यक्ष, तीन महासचिव र चार सचिव रहनेछन् । 

उपाध्यक्षमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई लगायत छन् । 

महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दवा, रामसहायप्रसाद यादव चयन भएका छन् । उपमहासचिव डम्वर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी छन् ।

सचिवमा मोहम्बद इस्तियाक राई, दुर्गा सोभ, परशुराम बस्नेत र प्रशान्त सिंह छन् । कोषाध्यक्षमा २ नम्बर प्रदेशका अर्थमन्त्री विजयकुमार यादव चयन भएका भट्टराईले जानकारी दिए ।

पार्टीमा २ पदाधिकारीपछि नियुक्त हुने जनाइएको छ । 

प्रकाशित मिति: : 2019-05-07 05:02:18

प्रतिकृया दिनुहोस्