चन्दा नदिएपछि मस्जिदमै मेयरमाथि हातपात

रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिल।

रौतहटको राजपुर नगरपालिकाका मेयर स्थानीयबाट कुटिएका छन्।

इद पर्व मनाउन चन्दा माग्न गएको समूहसँग विवाद भएपछि मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिललाई राजपुरको मह्मुदिया मस्जिदमाथि कुटपिट भएको हो।

प्रहरीका अनुसार इद पर्व मनाउने क्रममा राति मेयर सकिल मस्जितमा गएको समयमा केही व्यक्तिले चन्दा मागेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीका अनुसार इदको अघिल्लो दिन मंगलबारसम्म मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिमलगायतका व्यक्तिले मेयर सकिलमाथि आक्रमण गरेका थिए।

‘मस्जिदमा गएको बेला स्थानीयले आफूसँग सहयोग रकम मागेका थिए। मैले पैंसा बोकेको छैन भोलि दिन्छु भन्दा टर्चलाइटले प्रहार गरे,’ मेयर सकिलले भने।

उनको आँखा नजिकै तथा टाउकोमा चोट लागेको छ। राति नै सदरमुकाम गौरमा उपचार गर्न लगिएको र त्यहाँबाट वीरगन्ज उपचारका लागि लगिएको थियो।

मेयरमाथि आक्रमण गरेका व्यक्ति फरार रहेकाले खोजी भइरहेको डीएसपी कार्कीले बताए।

प्रकाशित मिति: : 2019-06-05 14:59:07

प्रतिकृया दिनुहोस्