भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह २८ वर्षपछि राज्यसभा बाहिर

AFP

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको राज्यसभाको कार्यकाल शुक्रबार समाप्त भएको छ। २८ वर्षयता उनी पहिलो पल्ट राज्यसभाको सदस्यबाट बञ्चित हुँदैछन्।

सन् २००८ मा आर्थिक मन्दीबाट ग्रुजिएको भारतलाई पुनः ट्रयाकमा ल्याउन सफल भएका सिंहको कार्यकाल समाप्त भएपछि उनी यस वर्षको बजेट कार्यक्रममा अनुपस्थित रहने छन्। लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको प्रचण्ड बहुमतपछि बजेट सत्र १७ जुनदेखि सुरु हुँदैछ।

पूर्व अर्थशास्त्री सिंह १९९१ मा पहिलो पल्ट असामबाट राज्यसभामा मनोनित भएका थिए। यसपालि राज्यको विधानसभामा भारतीय कंग्रेसको अवस्था यति दयनीय छ, उसँग २५ सदस्य मात्र बाँकी छ। राज्यसभामा सिंहलाई मनोनित गर्न ४३ भोट आवश्यक पर्छ।

पूर्व प्रधानमन्त्री सिंहसँगै यसपालि अर्का पूर्व प्रधानमन्त्री एचडी देवेगौडा पनि लोकसभामा देखिने छैनन्। किनभने यसपालिको निर्वाचनमा उनी तुमकुरु सिटमा चुनाव हारेका थिए।

प्रकाशित मिति: : 2019-06-15 22:05:23

प्रतिकृया दिनुहोस्