प्रदेश नं १ मा ४२ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवो

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिए।

कूल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत, पूँजीगततर्फ रु २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात् ५५.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु आठ करोड अर्थात् ०.२ प्रतिशत रहेको छ ।

अन्तरसरकारी हस्तान्तरणका लागि रु ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको मन्त्री आङवोले सभालाई जानकारी गराए।

उनले आगामी आवका लागि  अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रु तीन  अर्ब ८६ करोड, राजश्व बाँडफाँटबाट रु १० अर्ब ५२ करोड र अनुदानबाट रु २१ अर्ब २१ करोड  व्यहोरिने जानकारी दिए।

चालू आवको नगद मौज्दात करीब रु छ अर्ब  ६१ करोड रहने पूर्वअनुमान बजेट पुस्तिकामा उल्लेख छ।

प्रकाशित मिति: : 2019-06-16 19:52:44

प्रतिकृया दिनुहोस्