विधेयक फिर्ता लिन राप्रपाको आग्रह

कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल विधेयक, मानव अधिकारसम्बन्धी विधेयक, सेना सञ्चालनसम्बन्धी विधेयक र गुठी व्यवस्थापन विधेयक जस्ता विवादास्पद विधेयक फिर्ता लिन आग्रह गरेका छन्।

उनले गुठी व्यवस्थापन विधेयकले सनातन रूपमा सञ्चालन हुँदै आएको धर्म, संस्कृति, परम्परा र अधिकारमा प्रभाव पार्ने भएकाले सरकारले यसतर्फ ध्यान दिई अविलम्ब विधेयक फिर्ता लिन आग्रह गरेका हुन्।

न्युज क्लब नेपालमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी साउनमा आयोजना गरिने जानकारी दिएका हुन्।

प्रकाशित मिति: : 2019-06-17 18:26:01

प्रतिकृया दिनुहोस्