भ्रस्टाचार मुद्धामा पूर्व प्रम र पूर्व राष्ट्रपतिलाई नछोड्नेः पाक प्रधानमन्त्री इमरान खान

Agency


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भ्रस्टाचारको मुद्धामा जेलको सजाय भोगिरहेका पूर्व प्रधानमन्त्री नवाज सरिफका छोराहरुले विदेशी मित्रराष्ट्रको सहयोगले आफ्नो बुवालाई जेलमुक्त गर्न दबाव दिएको सार्वजनिक गरेका छन्।

उनले दुई मित्रराष्ट्रबाट नवाजलाई जेलमुक्त गर्न आग्रह गरिएको बताए। उनले ती दुई देशको नाम भने सार्वजनिक गरेनन्।

इमरानले भने, उनीहरुले जेलमुक्त गर्न आग्रह गरेपनि आफूहरुले हस्तक्षेप नगर्ने बताए।

इमरानले यो भनिरहदा उनीसँग वित्त सल्लाहकार हाफिज शेख र राज्यको रेभेन्यु बोर्ड अध्यक्ष शब्बार जैदी थिए।

उनले भ्रस्टाचारको मुद्धामा जेलमा रहेका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी र नवाजलाई क्षमादान गर्ने प्रश्नै नउठ्ने बताए। उनले यी दुई नेताहरुले भ्रष्टाचार गरेको रकम राज्यकोषमा फर्काएको खण्डमा विदेशमा जान दिने कुरामा आफूले सल्लाह गर्न सक्ने बताए।

सरिफ भ्रस्टाचार मुद्धामा गत डिसेम्बरदेखि ७ वर्षको जेल सजाय काटिरहेका छन्। यस्तै, जर्दारीलाई पनि गत महिना जेल सजाय भएको थियो।

इमरानले भ्रस्टाचारप्रति आफ्नो शुन्य सहनशीलता रहेको स्पष्ट पारिसकेका छन्।

 

प्रकाशित मिति: : 2019-07-03 18:52:28

प्रतिकृया दिनुहोस्