आइतबार, २५ मे २०२५

४ हजारले घट्यो सुनको मुल्य

News Image
• • •

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

आइतबार सुनकाे मूल्य ४ हजारले घटेर तोलामा एक लाख ४१ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० पुगेको छ।

यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो। यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मूल्य थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार तोलाको १९ सयमा कारोबार भएको थियो। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?