आइतबार, ०१ जुन २०२५

सुनकाे मूल्य बढ्याे, चाँदी घट्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो।

बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। 

तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?