
बिएल संवाददाता
काठमाडौं
काठमाडौँको बल्खु पुलमुनि एक जना पुरुषको शव फेला परेको छ।
बुधबार बिहान बल्खुस्थित पुलमुनि बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ।
प्रहरीका अनुसार बाँके घर भई सुकुम्बासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। मृतकका आफन्त पनि सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ।
मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न खोला किनारा डुबानमा परेको छ।
१ .
२ .
३ .
४ .
५ .