
बिएल संवाददाता
काठमाडौं
बालबालिकाका लागि आवश्यक सम्पूर्ण सामग्री अब एकै ठाउँमा पाइने भएको छ। उनीहरूका लागि सामग्री किन्न फरक फरक पसल र स्टोर धाउनुपर्ने बाध्यताको अन्त्य ‘जिरो टु टेन’ स्टोरले गर्ने भएको हो।
शनिबार काठमाडौंको नयाँ बानेश्वरमा ‘जिरो टु टेन’ स्टोरको शुभारम्भ भएको छ। भर्खरै जन्मेका शिशुदेखि १० वर्षसम्मका बालबालिकालाई लक्षित गरी जिरो टु टेन स्टोर सञ्चालनमा ल्याइएको हो।
एउटै छातामुनी बालबालिकाका लागि आवश्यक लत्ता कपडा, अध्ययन सामग्री, खेलौना तथा खेलकुदका सामग्री, कस्मेटिक, बेबी क्यारी, विद्युतीय खेलौना गाडी देखि जुत्ता, ब्यागेज लगायतका सामग्री पाइने स्टोरका संचालक विष्णु पोखरेल बताउँछन्।
नयाँ बानेश्वरस्थित मिराकल प्लाजाको भुईं तल्लामा खुलेको जिरो टु टेन स्टोरमा बालबालिकाका लागि चाहिने सबै प्रकारका सामग्री एकै ठाउँमा पाइन्छ। यो स्टोर अन्तर्राष्ट्रिय ब्रान्ड ‘डक्टर जिम’ र ‘बीबी किट्टी’को आधिकारिक बिक्रेता पनि हो।
पाँच करोडको लगानीमा सञ्चालनमा आएको यस स्टोरले अपाङ्गता भएका बालबालिकाका लागि विशेष छुटको व्यवस्था समेत मिलाएको छ। उद्घाटनको दिन सम्पूर्ण सामानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो भने स्टोरमा स्वयं उपस्थित हुनेका लागि आकर्षक उपहारको व्यवस्था गरिएको थियो।
सो स्टोरको यसै आर्थिक वर्ष भित्र ललितपुरको इमाडोल र कैलालीको धनगढीमा शाखा विस्तार गर्ने योजना रहेको र अन्य जिल्लाहरूमा पनि छिट्टै शाखा विस्तारको योजना रहेको सञ्चालक पोखरेल बताउँछन्।
निकट भविष्यमा नै प्रविधिमैत्री बजारीकरणका लागि इ-कमर्स र अनलाइन डेलिभरीको व्यवस्थाका लागि पनि काम भइरहेको उनी बताउछन्।
१ .
२ .
३ .
४ .
५ .