
बिएल संवाददाता
काठमाडाैँ
एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ।
एकीकृत समाजवादीले दुई दिन गृहकार्य गरेर १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो। बिहीबार केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा केही निर्णय नभएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।
उनले भने, ‘दुई दिन गृहकार्य भएर १४ गते केन्द्रीय कमिटी टुङ्गो लगाउनेबारे छलफल भएको छ।’
असार २१ गते सकिएको एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको थियो।
महाधिवेशन सकिएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा नेताहरूले गरेपनि उक्त समयमा कमिटीलाई पूर्णता दिन नेताहरू असफल भएका छन्। २९९ जनाको केन्द्रीय कमिटी रहेन व्यवस्था रहेको एकीकृत समाजवादीले बाँकी २०६ जना थप्नुपर्ने छ।
१ .
२ .
३ .
४ .
५ .