शनिबार, ०७ जुन २०२५

संसद्को अवरोधबारे छलफलमा जुटे विपक्षी दलहरू

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी छ। 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक भइरहेकाे हाे। 

संसद्को अवरोध हटाउने वा जारी राख्ने सम्बन्धमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन्।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आइरहेका छन्। 

विपक्षीहरूको मागबारे सरकार तयार नभएसम्म अवरोध जारी रहने नेकपा माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?