आइतबार, ०१ जुन २०२५

अफतावलाई सफाई दिने न्यायाधीशमाथि छानिबिन गर्न उजुरी

News Image
• • •

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाई दिनेगरी फैसला गरेका दुई न्यायाधीशमाथि छानबिन गर्न भन्दै न्यायपरिषदमा उजुरी परेको छ। 

आफूलाई ‘देशभक्त नागरिक’ भनेर चिनाउँदै आएका युवराज पौडेलले त्यस्ताे फैसला सुनाउने न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न भन्दै परिषदमा उजुरी हालेका हुन्। 

अफतावमाथि रौतहटको राजपुरमा भएको बमकाण्डमा घाइते भएकाहरूलाई जिउँदै इँट्टा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो।

यसअघि रौतहट जिल्ला अदालतको जन्मकैदको फैसला गरेपछि उनी नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए। 

तर जनकपुर उच्च अदालतको वीरगन्ज उच्च अदालतले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाई दिएको थियो। अपताव त्यही दिन कारागारमुक्त भएका थिए। 

न्यायपरिषदमा परेको उजुरीमा निवेदकले पदमा रहँदा न्याय सम्पादन नै प्रभावित हुनसक्ने भन्दै दुई न्यायाधीशलाई निलम्बन गरेर छानबिन गर्न पनि भनिएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?